ललितपुर। ललितपुरमा जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। नख्खुदोबाटोमा भउको उक्त दुर्घटनामा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरको बागडोल बस्दै आएकी १९ वर्षीया अन्जु दाहालको मृत्यु भएको हो।
आज बिहान सवा ५ बजे बाटो पार गर्दै गरेकी किशोरीलाई स १ ज ५६७ नम्बरको बोलेरो जिपले ठक्कर दिएको थियो। उनको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
जिपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ।