प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रण्डले कोरोनाभाईरस विरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगे प्रचण्डले खोप लगाएका हुन्।

खोप लगाएपछि उनी खोप केन्द्रमा रहेको आराम कक्षमा छन्।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पनि खोप लगाइसकेका छन्।

फागुन २३ गतेदेखि शुरु प्रने प्रतिनिधिसभा बैठक अघि सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप लगाउने जनाएको छ।