काँग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं। प्रमुख प्रतिपक्षी काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ। २१ गते शुक्रबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको सचेतक पुष्पा भुसालले बताइन्।

उननका अनुसार २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको हो। काँग्रेस सांसद ज्ञानेन्द्र कार्कीका अनुसार बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन्। प्रतिनिधिसभा विघटन र पुनःस्थापना घनचक्कर बीच बस्न लागेको बैठकलाई चासोका साथ हेरिएको छ।

पुनःस्थापित प्रतिनिधिसभामा नयाँ सरकार निर्माणको गृहकार्य हुने भएकाले काँग्रेस संसदीय दलको बैठकलाई पनि महत्वका साथ हेरिएको हो। तर नेकपा विभाजनको लफडा नटुंगी काँग्रेसले कुनै निर्णय नलिने भुसालको भनाइ छ।