काठमाडौं। प्रचण्ड–माधव समुहले सुवास नेम्वाङलाई पार्टीको स्थायी समितिबाट निलम्बन गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको उक्त सम्ुहको स्थायी समितिको बठकले नेम्वाङलाई स्थायी समिति सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।
सो निर्णयलाई त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। उक्त बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।