प्रदेश १ सभा बैठक सर्यो

वीराटनगर। प्रदेश १ सभाको बिहीबार बस्ने भनिएको बैठक सरेको छ। हिउँदे अधिवेशनको फागुन २० गतेका लागि तय भएको चौथो बैठक सरेको हो। अर्को बैठक चैत २ गते दिउँसो साढे १२ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।