प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट ओलीलाई हटायो

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ। बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो।

संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने निर्णय भएको केन्द्रीय सदस्य ठाकुरले बताए। नेकपा संसदीय दलको नेता प्रधनमन्त्री ओली हुन् भने उपनेता सुवासचन्द्र नेम्वाङ हुन्।

अन्य सम्बन्धित समाचार:  एमाले सांसदले गरे फ्लोर क्रस, मुख्यमन्त्री शाहीको पद जोगियो