काठमाडौं। नेपाली कांग्रेसले आफ्ना सांसदलाई काठमाडौ नछोड्न निर्देशन दिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकका लागि उपस्थित हुनै पर्ने भन्दै कांग्रेसले आफ्ना सांसदलाई उपत्यका नछाड्न निर्देशन दिएको जनाइएको छ।
शुक्रवार दलको बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई सर्कुलर गरिएको कांग्रेसकी सचेतक पुष्पा भुसालले बताइन्। संसद पुनःस्थापनपछि पहिलो पटक बस्न लागेको शुक्रवारको प्रतिनिधि सभा बैठकमा कांग्रेसको भूमिका कस्तो हुने र कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरिने उनले जनाइन।