सभापति देउवा भन्छन्ः प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि हटिन्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई प्रधानमन्त्री पदको लागि प्रस्ताव आए पछि नहट्ने बताए। आज चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

कांग्रेसलाई पदको लोभ नभए पनि काँधमा जिम्मेवारी आए पछि नहट्ने उनले जनाए। देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ,’।

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा