नेप्से ३९ अंकले घट्यो

काठमाडौं। सेयर बजारको परिसूचक नेप्से बुधबार ३९ अंकले घटेको छ। उक्त अंकको गिरावटपछि नेप्से २४१६ अंकमा कायम भएको छ। ६ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। ब्यापार र होटल तथा पर्यटन समूह बढे भने अरु सबै समूह घटेका छन्। ब्यापार ३०६ र होटल तथा पर्यटन समूह ३५ अंकले बढेका छन्।

बैंकिङ १७, विकास बैंक ३२, जलविद्युत २०, फाइनान्स १२, निर्जीवन बीमा १६७, उत्पादन ८७, अन्य ८४, माइक्रोफाइनान्स ५६, जीवन बीमा ४५२ र लगानी समूह २ अंकले घटेका छन्। बजार घटे पनि चन्द्रागिरि हिल्सको मूल्य भने दिनदिनै बढिरहेको छ। कम्पनीको मूल्य आज पनि १० प्रतिशतले बढेर ५५० रुपैयाँ कायम भएको छ। हालै बजारमा सूचीकृत भएको यो कम्पनीको अझै पनि सेयर खरिदका लागि चाप परेको छ, भने बिक्री गर्नेहरु न्यून छन्।

अन्य सम्बन्धित समाचार:  रुरु जलविद्युतको आईपीओः ३७ हजार ९१६ जनाले पाए

चन्द्रागिरिका अलवा साल्ट ट्रेडिङको मूल्य १० प्रतिशतले बढेको छ। सो वृद्धिपछि प्रतिसेयर मूल्य १० हजार २२२ रुपैयाँ कायम भएको छ। हिमालय पावर पार्टनरको मूल्य ८ प्रतिशतले बढेको छ। एसियन लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६।३ प्रतिशतले घट्यो। त्यस्तै बरुण हाइड्रोको ६ र टेलिकमको मूल्य ५ प्रतिशत घट्यो।

कारोबार रकमका आधारमा नेपाल टेलिकम अग्रस्थानमा रह्यो। उक्त कम्पनीको २९ करोड ९७ लाख रुपैयाँको सेयर किनबेच भयो। एसियन लाइफ इन्स्योरेन्सको २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ।