सरकार र विप्लव पक्षबीच दोस्रो चरणको वार्ता सकियो

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीचको दोस्रो चरणको वार्ता सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको दोस्रो चरणको वार्तासकिएको वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले बताए। यसअघि आजै बिहान सरकार र विप्लव पक्षबीच पहिलो चरणको वार्ता भएको थियो। डा.भट्टराईले पहिलो र दोस्रो दुबै वार्ता सकारात्मक भएको जनाएका छन्।

उनले भने, ‘वार्ता बिषय केन्द्रीत रह्यो। दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ,। वार्तामा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामवहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई छन् भने विप्लव नेतृत्वको नेकपाका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र दीपक चलाउने रहेका छन्। वार्तामा विप्लव पक्षले आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न र पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्तालाई बिना सर्त रिहाइ गर्न माग गरेको छ।

अन्य सम्बन्धित समाचार:  अभिभावकमा कोरोनाको त्रास, विद्यालय सञ्चालनमा चुनौती