एक सय ६५ सांसदले कोरोनाको खोप लगाए

काठमाडौं। सरकारले बुधबारबाट सांसदलाई कोरोना खोप लगाउन थालेको छ। हाज एक सय ६५ सांसदले कोरोना खोप लगाएका छन्। एक सय ६५ जना सांसद र तीन सय १७ जना अन्य कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मीलगायतले खोप लगाएका संसद् सचिवालयले जनाएको छ।

जम्मा चार सय ८२ जनाले बुधबार खोप लगाएको सचिवालयको भनाइ छ। २३ फागुनदेखि प्रतिनिधिसभा बैठक सञ्चालन हुने भएपछि त्यसअघि संघीय संसद्का सांसद, कर्मचारीहरूलाई कोरोना खोप लगाइएको हो। २० र २१ फागुनमा पनि खोप लगाउने तय गरिएको छ।

बुधबार सभामुख, सांसदहरूलगायतले खोप लगाए भने बिहीबार र शुक्रबार संघीय संसद्का कर्मचारीलाइ खोप लगाइने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  कोसी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु