बेपत्ता छोरीको खोजी गरिदिन आग्रह

काठमाडौं। गत साउन १७ गतेदेखि बेपत्ता बर्दिया ठाकुरबाबा नगरपालिका–१ की २२ वर्षीया तुलसी तिमल्सिनाको खोजी गरिदिन आग्रह गरिएको छ। बेपत्ता तुलसीका आफन्तले आज पत्रकार सम्मेलन गरी उनका बारे सत्यतथ्य खोजी गरिदिन आग्रह गरेका हुन्।

तुलसीका बुवा शिवराज तिमल्सेनाले गत साउन १७ गते तुल्सीलाई अछाम मङ्गलसेन नगरपालिका वडा नं ६ बस्ने भरत भण्डारीले भगाएर अछाम लगेको र मङ्सिर पहिलो हप्ता भारत लगेर बेपत्ता बनाएको बताए। तुलसीका काका कृष्ण तिमिल्सेनाले बेपत्ता भएको लामो समय दिँदा पनि अहिलेसम्म यथार्थ जानकारी नआएको भन्दै सत्यतथ्य पत्ता लगाउन सरकारसमक्ष माग गरे।

अन्य सम्बन्धित समाचार:  पूर्वी तराईका आदिवासीको सिरुवा पर्व कोभिडबाट प्रभावित