प्रधानमन्त्री ओली बिहीवार सिन्धुली जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार सिन्धुली जाने भएका छन्। प्रधानमन्त्री ओली सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलन्यास गर्नका लागि सिन्धुलीको कमलामाई नगरपालिका–२ कुशुमटार जान लागेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली उक्त कार्यक्रममा सहभागी भएर सोही दिन काठमाडौं फर्कने सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए।

अन्य सम्बन्धित समाचार:  एमालेको समस्यामा परको साथीको ‘दिलचश्पी’ देखियो: यमलाल कँडेल