सरकारमा जाने बिषयमा काँग्रेसमै दुईमत

धर्मराज भट्ट, काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापित गरेपछि सरकार गठनको तयारी तिब्र भएको छ। सबीचमा नेकपा पनि दुई भागमा बाँडिएका कारण नयाँ सरकार बनाउनका लागि प्रतिपक्षको सहयोग लिनुपर्छ।

तर यसैबीचमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसभित्रै सरकारमा जाने वा नजाने बिषयमा दुईमत देखिएको छ। काँग्रेसका सभापती सभापति शेरबहादुर देउवाले कांग्रेसलाई प्रधानमन्त्री पदको लागि प्रस्ताव आए पछि नहट्ने बताएका छन्।

बुधबार चितवनमा पूर्व सांसद तथा काँग्रेस नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा बल्दै सभापति देउवाले यस्तो बताएका हुन्। कांग्रेसलाई पदको लोभ नभए पनि काँधमा जिम्मेवारी आए पछि नहट्ने उनले बताए। यस्तै उनले उनले आफूहरूले प्रधानमन्त्री पद पाए पार्टीलाई नै फाइदा हुने दाबी समेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

तर यता संस्थापन वरिष्ट नेता रामचन्द्र पौडेल पक्षको मत भने फरक छ। सोह कार्यक्रममा बोःदै नेता पौडेलले काँग्रेस सत्ताका लागि हतारिन नहुने धारणा राखेका छन्।

काँग्रेस प्रतिपक्षिको भूमिकाबाट डगमगाउन नहुने भन्दै उनले संसद पुर्नस्थापना पछि लोकतन्त्र माथीको संकट टरेपनि बिकृतिको खतरा रहेको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी काँग्रैसलाई भएको बताए। सांसद संख्या कम भउकाले काँग्रेसले आफ्नो हैसियतभन्दा आकाँक्षा राख्न नहुने उनको भनाई छ।

त्यसअघि नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस सरकारमा जानुपर्ने धारणा राखे। निर्वाचन गराउने गरी काङ्ग्रेस सरकारमा जान उपयुक्त भएको उनले बताए।

मुलुकमा देखिएको राजनैतिक सङ्कट समाधानको लागि काङ्ग्रेस सरकारमा जानुपर्ने उनको भनाई छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर सरकारमा जानुपर्ने धारणा राखे।

अन्य सम्बन्धित समाचार:  स्वास्थ्य मन्त्रालयले गर्यो १४ जिल्लाका विद्यालयमा नजान आग्रह

उनले पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिए। कांग्रेस सरकारमा नगइ पनि नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताएका थिए।