जसले आफ्नै १८ वर्षीया छोरीको टाउको काटेर यसरी लिएर गए प्रहरी चौकी !

भारतको उत्तर प्रदेशको हरदोई जिल्लामा भयानक घटना भएको छ। एक व्यक्तिले आफ्नै १८ वर्षीया छोरीको टाउको काटेर प्रहरी कार्यालय पुगेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार छोरीको काटिएको टाउकोसहित महिला थाना पुगेर उनले प्रहरीसमक्ष आफूले हत्या गरेको बताएका हुन्। त्यसो भनिरहँदा उनको अनुहारमा एकरत्ति पनि पश्चाताप नदेखिएको प्रहरीले जनाएको छ।

उनले छोरीलाई एक केटासँग आपत्तिजनक अवस्थामा फेला पारेकाले हत्या गरिदिएको बयान दिएका छन्। उनलाई प्रहरीले हिरासतमा राखेको छ।

छोरीको काटिएको टाउको उनले कुनै कपडाले नढाकीकन खुलै लगेका थिए। जसको संवेदनाहीन कर्मको तस्बिर भाइरल भएको छ।