नेपाल टेलिभिजनको महाप्रबन्धक र विज्ञापन बोर्ड अध्यक्षका लागि आवेदन माग

काठमाडाैं। सरकारले विज्ञापन बोर्डको अध्यक्ष र नेपाल टेलीभिजनको महाप्रबन्धकका लागि आवेदन माग गरेको छ।

बिहीबार सूचना निकालेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले खुला आवेदन गरेको छ।

आमसञ्चार तथा विज्ञापन वा कानुनलगायत विषयमा कम्तीमा स्नातक तह उत्तिर्ण गरेको व्यक्ति हुनुपर्ने उल्लेख छ।
३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

१५ दिनभित्र आवेदन बुझाउन सकिने समय छ। खुला प्रतिस्पर्धाबाट सरकारले बोर्ड अध्यक्ष नियुक्त गर्न लागेको छ।

यस्तै नेपाल टेलिभिजनको महाप्रबन्धक पदका लागि ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिने समय सात दिन राखिएको छ।