नेकपा कसको?: नामको विवादमा फैसला मिति सर्‍यो

काठमाडौं। नेकपा नामको विवादमा सर्वोच्चको फैसला मिति सरेको छ। बिहीबार(आज)का लागि तय भएको फैसलाको मिति सरेको हो।

पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसाल मिति पछि सरेको हो।

गत बिहीबार सर्वोच्च अदालतले आज फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट दर्ता भएको थियो।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएपछि कट्टेले अदालत गएका थिए।