काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले आज दिउँसो पदाधिकारी बैठक बोलाएका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार सभापति देउवाले आज दिउँसो ३ बजे बुढानिलकण्ठमा पार्टी पदाधिकारी पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन्।
कांग्रेसले भोलि शुक्रबार पार्टी संसदीय दलको बैठक पनि राखेको छ।
२३ फागुनमा संसद बैठक बस्न लागेको अवस्थामा देउवाले पार्टी पदाधिकारी तथा संसदीय दलको बैठक बोलाएका हुन्।