सरकार र विप्लव समूहबीच वार्ता जारी

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान नौ बजेर २० देखि जाँदा सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच वार्ता सुरु भएको हो।

यसअघि गृहमन्त्री थापाले पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको बताएका थिए ।

उनले छिट्टै सुखद परिणाम आउने अपेक्षा लिएको पनि बताएका छन्।

सरकारको तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई साथै बिप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा र उदय चलाउने (दिपक)ले वार्ताको नेतृत्व गरेका छन्।