सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति

काठमाडौं। सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच तीनबुँदे सहमतिपत्रमा हसताक्षर भएको छ।

बिहीबार बहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तापछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिपत्रमा गृहमन्त्री एवं सरकारी वार्ता टोली प्रमुख रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका प्रवक्ता एवं वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन्।

विप्लबलाई भोली दिउँसो २ बजे बिषेश कार्यक्रमका बीच सार्वजनिक गर्ने र थप विवरण दिने वार्ता टोलीले जनाएको छ।