‘अलर्ट’ बस्न केन्द्रीय सदस्यलाई प्रचण्ड–माधव पक्षको उर्दी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्षका केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्ट बस्न उर्दी जारी गरेको छ।

पछिल्ला राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै जुनसुकै बेला आवश्यक पर्ने भएकाले केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्ट बस्न उर्दी जारी गरेको हो।

पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुलाई केन्द्रीय कार्यालयको तर्फबाट म्यासेज पठाएर र केहीलाई फोनबाट यस्तो उर्दी जारी गरिएको हो।

त्यस्तै अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनिएको छ ।

कार्यालयबाट गरिएको खबरअनुसार उनीहरुलाई बिहीबार दिउँसो १ बजेभित्र पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन तथा आसपासमा रहन भनिएको छ ।