तोलामा १ हजार रुपैयाँ घट्यो सुनको भाउ

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाउ बिहीबार प्रतितोला १ हजार रुपैयाँले घटेको छ।

बिहीबार छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने सुनको भाउ प्रतितोला ८७ हजार ५०० रुपैयाँ थियो।

यस्तै, बिहीबार तेजाबी सुनको भाउ ८६ हजार ५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो।