मानव ओसारपसार र करणीको मुद्दामा महिलाई ११ वर्ष जेल

झापा। मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा कैद फैसला भई फरार महिलालाई प्रहरीेले पक्राउ गरेको छ। झापा गौरीगञ्ज ६ की २६ वर्षीया रविना राजवंशी पक्राउ परेकि हुन्। उनीविरुद्ध २०७६ साल असार ३० गते जिल्ला अदालत झापाले मानव ओसारपसार र जवरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थियो।

जिल्ला प्रहरी कार्याल झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार अदालतको फैसला अघिनै उनी फरार थिईन्। उनलाई ईलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले पक्राउ गरेको जनाइएको छ। पक्राउ पछि उनलाई अदालतमा उपस्थित गराईएको र पीसीआर परीक्षणको रिपोर्ट आएपछि कारागार पठाउने प्रहरीले जनाएको छ।