कैलालीमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

काठमाडौं। कैलालीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१ सुखड बस्ने १९ वर्षीय प्रलब बुढाथोकीलाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रलबले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।