प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा कांग्रेस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध नेपाली कांग्रेसले नेकपा प्रचण्ड–माधव समुहसँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी सुरु गरेको छ।

यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड–माधव समुहसँग सहमति गरिसकेको र कांग्रेस पदाधिकारी बैठकमा बिहीबार यसबारे छलफल गर्ने कांग्रेस स्रोतले जनाएको छ।

आगामी फागुन २३ गते बस्ने संसदको बैठकबाट अविश्वास प्रस्तावको तयारी सुरु गरिने कांग्रेसको योजना छ। यसका लागि कांग्रेस पदाधिकारी बैठकले अन्तिम निर्णय गर्ने कांग्रेस स्रोतले जानकारी दिएको छ।