प्रमुख निर्वाचन आयुक्तलाई ओली पक्षका नेता बस्नेतले भेटे

काठमाडौं।  नेकपाको केपी शर्मा ओली पक्षका नेता महेश बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन्। नेकपाको आधिकारिकता विवादमा आयुक्तहरु छलफलमा जुटेका बेला बुधबार नेता बस्नेत आयोग कार्यलय पुगेका जनाइएको छ। प्रमुख आयुक्त थपलियालाई भेटेको बस्नेतले बताए।

पार्टी एकताबद्ध बनाउने अभियान चलेको र संसदीय दल तथा केन्द्रीय कमिटीका बहुमत सदस्य कम्युनिस्ट पार्टीको सरकार ढालेर अर्को सरकार बनाउने पक्षमा नरहेको उनले जानकारी दिए।