जो होचो उसको मुखमा घोचोः डा.बाबुराम भट्टराई

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार र विप्लव पक्षबीचको सम्झौता स्वागतयोग्य भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यसरी नै सरकारले सांसद रेशम चौधरी लगायत थारू विद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गर्न समेत माग गरेका छन् उनले लेखेका छन्, ‘सरकारले सांसद रेशम चौधरी लगायत थारू विद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसँग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्। संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है। नत्र जो होचो उसको मुखमा घोचो हुनेछ।’