नेकपा प्रचण्ड–माधव पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्ष बिहीबार निर्वाचन आयोग पुगेको छ। पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन आफूहरु निर्वाचन आयोग आएको नेताहरुले जानकारी दिएका छन्।

आज नेताहरु राजेन्द्र पाण्डे र लीलामणि पोखरेल निर्वाचन आयोग पुगेका छन्। पार्टीको आधिकारिकता दावी गर्दै दिएको पत्रबारे छिटो निर्णय गर्न दबाब दिने र प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले गरेको निर्णयबारे जानकारी गराउन उनीहरु आयोग पुगेका जनाइएको छ।

प्रचण्ड–माधव पक्षका नेताहरु देव गुरुङ र पम्फा भुसाल भने आज सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सिंहदरबारस्थित संसद सचिवालय गएका छन्। प्रचण्ड–माधव पक्षले गरेको संसदीय दलको बैठकको निर्णय जानकारी गराउन उनीहरु सभामुखसमक्ष गएका हुन्।