देशभर थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ३७ महिला र ७० पुरुष संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ५५ सय ३६ स्वाब नमूना परीक्षण गराउँदा १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित कोरोना संक्रमितको संख्या हालसम्म २ लाख ७४ हजार ४८८ पुगेको छ।

यस्तै बिहीबार थप ७८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या भने ७९५ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।