शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

काठमाडौं। नेप्से परिसूचक सूचकाङ्क आज ९० अङ्कभन्दा धेरैले बढेको छ। नेप्से ९० दशमलव २७ अङ्कले बढेर दुई हजार पाँच सय ६ दशमलव २८ अङ्कमा पुगेको हो। आज जीवन बीमा समूहको शेयर पाँच सय ७१ दशमलव ९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर तीन सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६ दशमलव ७१ अङ्कले बढेको छ।

आज दुई सय ६ कम्पनीका एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता शेयर ६ अर्ब पाँच करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन्। सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

बिहीवार सूर्योदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन्। एनएमबी ५० का लगानीकर्ताले भने तीन प्रतिशतभन्दा धेरै गुमाएका छन्।