फेरि हवाई भाडा बढ्यो

काठमाडौं। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन्। हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ।

नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही अनुसार फ्युल सरचार्ज समायोजन गरेको संघको तर्क रहेको छ।

यसअघि फागुन ८ मा पनि हवाइ भाडा बढेको थियो। निगमले फेरि फागुन १७ मा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।