डोटीमा मृत अवस्थामा भेटिए शिक्षक

माेटरसाइकल

डोटी। डोटीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन्। जोरायल गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय डम्बर भट्टराई मृत फेला परेका हुन्।

उनी सोही ठाउँमा रहेको भूमिराज केदार आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत थिए। उनी बिहीबार बुडर बजार नजिकै मृत फेला परेको जिल्ला प्रहरी डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्र मल्लले बताए। उनका अनुसार भट्टराईको मृत्युबारे अनुसन्धान भइरहेको छ।