सडक दुर्घटनामा १३ आप्रवासीको मृत्यु

काठमाडौं। अमेरिकामा भएको एक सडक दुर्घटनामा १३ जनाक आप्रवासीको मृत्यु भएको छ। अध्यागमन अधिकारीहरूका अनुसार बिहीबार ट्रेलरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो। दुर्घटनामा मारिएका १३ मध्ये १० जना मेक्सिकन नागरिकको भएको जनाइएको छ। अन्य ३ जनाको भने परिचहान खुल्न सकेको छैन।

यी आप्रवासीलाई तस्करहरूले मेक्सिकोको सिमानामा लगाएको बारको एक भाग काटेर क्यालिफोर्नियामा प्रवेश गराएका थिए। सर्भेलेन्स क्यामेरामा कैद भएको भिडियोमा उनीहरु मंगलबार बिहानमा कारमा आएको देखिएको छ। प्रहरीले भिडियो भने सार्वजनिक गरेको छैन। यो भिडियोलाई अनुसन्धानको एक हिस्साको रुपमा प्रहरीले लिएको छ।