आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

करणी पक्राउ

नवलपरासी। पूर्वी नवलपरासीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ परेका छन्। विनयी त्रिवेणी गाउँपालिकाका ती ३८ वर्षीय बाबुले आफ्नै १३ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा आज पक्राउ गरेको प्रहरीले जनाएको छ।

छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएपछि उनी मंसिर ८ गते भारत फरार भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत दिलीप गिरीले बताए। ३ महिनापछि घर फर्किएका उनलाई गाउँलेको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धानबाट आरोपीले छोरी र श्रीमतीलाई धम्क्याउँदै कुट्ने गरेको पनि खुलेको गिरीले जनाए। आफूलाई बुवाले विगत ५ वर्षदेखि जबरजस्ती करणी गर्दै आएको पीडित बालिकाले प्रहरीलाई बयान दिएको उनले बताए।