संसद्लाई प्रचण्डको पत्रः ओलीका काम कारबाही अनाधिकृत

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षले संसद् सचिवालयलाई पत्र लेखेको छ। प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीलगायतलाई कारबाही गरिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयलाई पत्र लेखेका हुन्।

प्रचण्डले पत्रको अन्तिम बुँदामा लेखेका छन्,‘असंवैधानिक रुपमा प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधि सभा पुनःस्थापित भइसकेको अवस्थामा माथिका तथ्य वस्तुको विपरीत नेकपा तथा यसको संघीय संसदीय दलको नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनैपनि काम कारबाहीलाई अनाधिकृत भई मान्य नहुँने कुराको जानकारी गराउँछु।’