प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस

खुमलटार प्रम ओली

काठमाडौं। नेकपा ओली पक्षले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ। सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ। त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली पक्षका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।

उनका अनुसार बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएस मार्फत सूचना दिइएको छ। प्रचण्ड–माधव पक्षमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको छ। ‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ।