कञ्चनपुरमा प्रहरी–तस्करबीच भिडन्त, एकको मृत्यु

माेटरसाइकल

काठमाडौं। कञ्चनपुरको बेलौरी नगरपालिका–७ मा प्रहरी र तस्करबीच भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिएका छन्।

प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर पक्षका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको जनाइएको छ।