काठमाडौं आइपुगे विप्लव, प्रधानमन्त्री भेट्न जाँदै

काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नवलपरासीबाट काठमाडौं आइपुगेका छन्। आफ्नो पक्षमाथिको प्रतिबन्ध फुकुवा भएपछि आज विहान उनि पूर्वी नवलपरासीको देवचुलीमा सार्वजनिक भएका थिए। आज दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन्।

सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन्। प्रधानमन्त्री र विप्लवको बिचमा संयुक्त समारोहलाई संवोधन गरिने विषयमा साझा धारणा तय गर्नेबारे छलफल हुने जनाइएको छ।

अन्य सम्बन्धित समाचार:  रुपन्देहीमा नेपाल पक्षको समानान्तर कमिटी