‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश

काठमाडौं। नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन्। सामाखुसीमा नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल पछि उनी बालुवाटार गएका हुन्। नवलपरासी पूर्वको देवचुलीमा शुक्रवार बिहान सार्वजनिक भएका उनी सडकमार्गबाट काठमाडौं आएका हुन्। 

काठमाडौं प्रवेशपछि सामाखुसीमा उनले केही समय बिताए। अनि, बालुवाटार गएका हुन्। बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन्। प्रधानमन्त्रीसँग भेटवार्ता पछि राष्ट्रिय सभागृहमा दिउँसो दुई बजे आयोजित विशेष समारोहलाई उनले सम्बोधन गर्नेछन्। 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले शनिबार सर्वदलीय बैठक बोलाए