प्रचण्ड–माधव समुहको संसदीय दलको बैठक सुरु

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। नेकपा प्रचण्ड–माधव समुहको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। बैठकमा संघीय संसदको उपल्लो सदन राष्ट्रिय सभा र तल्लो सदन प्रतिनिधि सभा दुवैतर्फका सांसद उपस्थित छन्। बैठक सुरु हुँदा दुवै तर्फका गरी १ सय १२ जना उपस्थित रहेको सांसद कृष्णभक्त पोखरेलले जानकारी दिएका छन्।

‘हालसम्म १ सय १२ जना आइपुग्नुभएको छ, अरु आउने क्रममै हुनुहुन्छ भने केहि बाहिरी जिल्लामै हुनुहुन्छ जस्तो योगेश भट्टराई गृहजिल्ला ताप्लेजुङमा हुनुहुन्छ,’ बैठकस्थलमा रहेका पोखरेलले भने। पार्टी विभाजनमा दुवैतर्फ प्रष्ट नखुलेकी सांसद माया ज्ञवाली पनि सो बैठकमा उपस्थित भएकी छन्। उनलाई यसअघि ओलीतर्फ खुलेको बताइएको थियो।

नेकपाले संसदीय दलको नेता चुन्दा वा हटाउँदा मतदान गर्नुपरेमा संघीय संसदका दुवै सदनका सांसदले मतदान गर्छन्। संसदमा हुने प्रधानमन्त्री निर्वाचनमा भने प्रतिनिधि सभाका सांसदले मात्र मतदान गर्छन्।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता