ओलीले धर्मेन्द्रतिर हेर्दै भने– यति थोरै जेलमा बस्न पाए पो, आफू त १४ वर्ष बसियो

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव पक्षका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिएका छन्। सरकार र विप्लव पक्षबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै धर्मेन्द्र बास्तोलालाई बधाइ दिएका छन्।

समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र बास्तोलाको नाम लिनासाथ ‘बधाई छ भर्खरै छुटेर आउनु भयो’ भनेका थिए । उनले अगाडि भने, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष बसियो।

अन्य सम्बन्धित समाचार:  प्रचण्डलाई ओलीको फोन, के भयो कुराकानी?