नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने

काठमाडौं। नेकपाको नाम विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ। सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामाथि सर्वोच्चले फैसला सुनाउन लागेको जनाइएको छ।

नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब ३ वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए। २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो। त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपाको पक्षमा निर्णय गरेको थियो।

अन्य सम्बन्धित समाचार:  माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा

आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यस्तै प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपामा पनि नाम विवाद छ। दुई पक्षमा विभाजित भएको नेकपाको एक पक्षको अध्यक्ष प्रधानमन्त्री ओलीले गरेका छन् भने अर्को  पक्षको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालले गरेका छन्। दुवै पक्ष आफूलाई आधिकारिक नेकपा भएको दाबी गर्दै आएका छन्।