देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभर १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ६ हजार १ सय ४३ पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ। आज ८३ जना संक्रमित निको भएका छन् भने यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ। मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको छ। आज कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ।

अन्य सम्बन्धित समाचार:  पत्रकार मिश्रको कोरोना संक्रमणका कारण मृत्यु