प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौं। नेकपा प्रचण्ड–माधव समुहको आज बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ।

जेठो सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेता परिर्वतन गरेको जनाइएको छ। बैठक अघि प्रचण्ड–माधव समुहले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो। आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको र नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो समुहमा रहेको प्रचण्ड–माधव पक्षको दाबी छ।

अन्य सम्बन्धित समाचार:  माओवादीका चार सांसद्को पद रिक्त भएको पत्र निर्वाचन आयोगमा