नेता भट्टराईद्वारा दोभानका आगलागी पीडितलाई पाँच लाख सहयोग

ताप्लेजुङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागी पीडित परिवारलाई रु पाँच लाख आर्थिक सहयोग प्रदान गरेका छन्। आगलागी क्षेत्रको निरीक्षणपछि विस्थापित परिवारका लागि आज उनले मेरिङदेन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ लिम्बूलाई सो रकम हस्तान्तरण गरेका हुन्। 

सो अवसरमा उनले आगलागी पीडितहरूको पुनःस्थापना र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन पहल गर्ने बताए। यस्तै तीनवटै तहका सरकार र निर्वाचित जनप्रतिनिधिहरूको समन्वयमा आगलागीबाट हुने क्षतिको न्यूनीकरणका लागि आवश्यक योजना बनाउने उनले प्रतिवद्धता व्यक्त गरे। 

 यसैबीच प्रदेशसभा सदस्य होमकुमारी सावाँ लिम्बूले समेत आगलागी पीडित परिवारका लागि नगद रु ५० हजार सहयोग गरे। गत मङ्गलबार भएको आगलागीबाट दोभान क्षेत्रका ५० घर जलेर नष्ट भएका थिए भने ६३ परिवार विस्थापित भएका छन्। उनीहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका साथै व्यक्तिहरूद्वारा राहत वितरण गरिएको छ।

 

अन्य सम्बन्धित समाचार:  नेप्से ३७.५८ अंकले घट्यो