निर्वाचन आयोगलाई प्रचण्ड–माधव समुहको पत्र:आधिकारिकता विवाद छिटो निरुपण होस्

काठमाडौं। नेकपा प्रचण्ड–माधव समुहले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ। आज अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो।

ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शिघ्र छिनोफानो गर्न आग्रह गरिएको छ। पत्र बुझाउन उक्त समुहका नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु आज निर्वाचन आयोग पुगेका हुन्।

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने