रूपन्देहीमा विकास विरोधीले ढुंगामुढा गरेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीको मोतीपुरमा विकास विरोधीले ढुंगामुढा गरेको बताए। औद्योगिक क्षेत्र शिलन्यास कार्यक्रममा अवरोध पुर्‍याउन खोज्नेहरू विकास विरोधी भएको उनले जनाए।

नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमति पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही विकास विरोधी तत्वहरूले त्यहाँ वितण्डा मच्चाउने, ढुंगामुढा गर्ने, कार्यक्रम बिथोल्ने, औद्योगिक क्षेत्र बन्न नदिने प्रयास गरे, रूपन्देहीमा तर विकासका कामहरू अघि बढिरहेका छन्।’

विवादकै कारण शिलन्यास एक हप्ता ढिलो भएको उनले बताए। स्थानीयको विरोधका बीच अर्थमन्त्री विष्णु पौडेलले आज औद्योगिक क्षेत्रको शिलन्यास गरेका छन्। सरकारले प्रभावितहरूको बसोबासको ग्यारेन्टी नगरी औद्योगिक क्षेत्र बनाउन लागेको भन्दै त्यसको विरोध गरेका थिए।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपति भण्डारीद्वारा संसदको चालु अधिवेशन अन्त्य