विप्लव पक्षसँग भएको हातहतियार खोई?: विश्वप्रकाश शर्मा

काठमाडौं। नेपाल सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएसँगै विप्लव पक्षसँग रहेका हातहतियार बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरेका छन्।  

आज सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै प्रवक्ता शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ भन्दै प्रश्न गरेका छन्। सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हतियार कसरी व्यवस्थापन गर्ने भन्ने विषय नभएकाले प्रवक्ता शर्माले उक्त प्रश्न गरेका हुन्।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि हतियार बारे प्रश्न उठेको थियो। पछि प्रचण्डले हतियार खोलाले बगाएको बताएका थिए। विप्लव पक्षसँग हातहतियार रहेको भए पनि सरकारले सहमति गर्दा ती हतियार बुझाउनेबारे केही जनाएको छैन।

 

अन्य सम्बन्धित समाचार:  जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णय