गुडिरहेको मालवाहक ट्रकमा आगलागी

झापा। झापामा गुडिरहेको मालवाहक ट्रकमा आगलागी भएको छ। झापाको चाराआलीबाट भद्रपुरतर्फ आउँदै गरेको ना२ख ५८८१ नम्बरको मालवाहक ट्रकमा अचानक आगलागी भएको प्रहरी कार्यालय झापाले जनाएको छ।

ट्रकको अघिल्लो भागमा विद्युत् चुहावट भई आगलागी भएपछि ट्रक चालक भागेर ज्यान बचाएका थिए भने ट्रक पूर्ण रुपमा जलेको छ। दाउरा लोड गरिएको ट्रकमा आगो लागेपछि केहीबेर सडक अवरुद्ध बनेको थियो।

अन्य सम्बन्धित समाचार:  भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल