प्रधानमन्त्रीका विषयमा आजै हतार नगरौँः सभापति देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्तावमा हतारो नगर्ने अभिव्यक्ति दिएका छन्।

आज बसेको दलको बैठकमा सभापति देउवाले सबै समुहसँग आफ्नो छलफल भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन हतारो गर्न नहुने जानकारी दिएका छन्। देउवाले ओली र प्रचण्ड–माधव कसरी अघि बढ्छन् त्यो हेर्नुपर्ने भन्दै संसदीय दलमा आफ्ना कुरा राखेका थिए।

अन्य सम्बन्धित समाचार:  केपी ओलीलाई धुलो चटाउँछौँः सांसद थापा